4 years ago
May 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो भएका छन् ।

रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ट रोग प्रभाविततर्फ पहिलो भएका हुन् । राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोश्रो तथा कृष्ण गुरुङ तेश्रो भए ।
कुष्ट रोग प्रभावितमा बाबुलाल शरणले रजत तथा विनोद गैरेले कांस्य जिते । विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय पारा साइक्लिङ संघका अध्यक्ष प्रकाश चिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मण्डिखाटारमा भएको एकदिने प्रतियोगितामा १६ प्रतिस्पर्धी सहभागी थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]