4 years ago
May 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिताको व्हीलचेयरतर्फ पुरुष सिंगल्समा डिगमसिंह चेम्जोङ शनिबार पहिलो भएका छन् ।

रमेश खत्री दोश्रो तथा भरतबहादुर कार्की र अर्पण सुनुवार राई तेश्रो भए । सोही विधाको महिला सिंगल्समा लली तामाङले स्वर्ण, रजनी राईले रजत तथा निर्मला भण्डारी र संगीता माझीले कांस्य जिते ।
राष्ट्रिय पारा टेबलटेनिस संघको व्यवस्थापनमा जोरपाटीमा भएको प्रतियोगिताको पुरुष सिंगल्स स्ट्यान्डिङमा विवेक राई पहिलो, स्वीकृत न्यौपाने दोश्रो तथा अजय विक र दीपक नकल तेश्रो बने । उक्त स्पर्धाको महिलामा अस्मिता बूढा, पूजा सोती तथा आशाा हमाल र मेणुका गौतमले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत सारङगिन निरौलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]