4 years ago
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रशान्त श्रेष्ठले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।

नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको बहिरातर्फ पुरुष ४०–५० केजीमा प्रशान्तले श्रीजुलाल श्रेष्ठलाई पराजित गरे ।
बानेश्वरमा भएको प्रतियोगिताको बहिरातर्फ नै पुरुष ५०–६० केजीमा ऋषिमनि शर्मा, महिला ३०–४० केजीमा सोनीकुमारी शाह, महिला ४०–५० केजीमा निर्जला खड्का, महिला खुलामा योजना सापकोटा तथा महिला ५०–६० केजीको ‘ए’ मा आरती शाह, ‘बी’ मा सुष्मा तामाङ र ‘सी’ मा भूमिका कार्की पहिलो भए । दृष्टिविहीनको पुरुष ४०–५० केजीमा संयोग आचार्य र ६०–७० केजीमा प्रकाश रुम्बा पहिलो स्थान हात पार्न सफल भए ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दैै सदस्य–सचिव घिसिङले पारा खेलकुदलाई अझ व्यवस्थित र दायरा फराकिलो बनाउन परिषद् लागि परेको बताउदै स्वदेशमै अन्तर्राष्ट्रिय पारा प्रतियोगिता आयोजना वा अन्तर्राष्ट्रिय सहभागिताका लागि परिषद् सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
विजेतालाई नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जन, वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठ, राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ३६ खेलाडी सहभागी थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]