4 years ago
June 1, 2022
एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचलाई पराजित गर्दै पाँचौ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा नाडालले चिरपरिचित प्रतिद्धन्द्धी जोकोभिचलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो सेट सहजै ६–२ ले आफ्नो पक्षमा पारेको नाडालले दोस्रो सेट ४–६ ले गुमाएको थियो । तेस्रो सेट नाडालले सहजै ६–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको चौथो सेट २१ प्टको ग्रान्डस्लाम च्याम्पियन नाडालले ७–६ (७–४) ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।
यो जितसँगै नाडालले गत वर्ष सेमिफाइनलमा भोगेको हारको बदला लिन सफल भएको छ । यस्तै नाडाले रोलान्ड गारोस क्लेमा ११३ खेलमा ११० जितसहित आफ्नो सर्वकालीन कीर्तिमानलाई बढाएको छ । नोभाकविरुद्ध जित्नको लागि एउटै तरिका छ, शुरुवातदेखि अन्तिमसम्म आफ्नो उत्कृष्ट खेल्नुपर्छ ।’ नाडालले भने, ‘यो मेरो लागि जादुयी रातमध्ये एक हो ।’
१४औं पटक फ्रेन्च ओपन जित्ने लक्ष्यमा रहेको नाडालले अब सेमिफाइनलमा तेस्रो वरीयताका एलेसान्डर जेभेरेभसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । जर्मनीका २५ वर्षीय जेभेरेभले स्पेनका युवा सनसनी कार्लाेस एल्कारेजलाई ६–४, ६–४, ४–६ र ७–६ ले पराजित गर्दै लगातार दोस्रो वर्ष सेमिफाइनलमा प्रवेश गरेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]