4 years ago
June 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बन्दी सहायता नियोग (पाम) ले चारपटक विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिकमा सहभागिता जनाई सकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मान गरेको हो । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोरण गरेकी थिइन् ।
सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गरेकी थिइन् । त्यहाँदेखी बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गरिन् । त्यसक्रममा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगरले सब्रिनाको यात्रामा समन्वय गरेकी थिइन् ।
बेइजिङ ओलम्पिकमा पहिलोपटक सहभागिता जनाएकी सब्रिनाले लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी छन् । उनले विश्व च्याम्पियनसिपमा २ कांस्य जितेकी छन् भने युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा २ पटक आफ्नो स्पर्धामा च्याम्पियन नै बनिन् । सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन् ।

नेपाल आएका बेला सब्रिनाले पामका जुडो खेलाडीलाई प्रशिक्षण पनि दिने गर्छिन् । सोलुखुम्बुको मन्जुमा रहेको एभरेष्ट जुडो क्लबलाई सामाग्रीसहित सब्रिनाले विशेष सहयोग गर्दै आएको पामका जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन् । पाममा ३५ जना आश्रित छन् । ति मध्ये ३४ जना जुडो खेल्छन् । सागका पदक विजेता मनीता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठलगायत पामकै उत्पादन हुन् ।
पामका सचिव प्रेम लामा, सदस्य कृष्णबहादुर श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले सब्रिनालाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे । सब्रिनाकै भ्रमण टोलीमा रहेका आईजेएफका मिडिया डाइरेक्टर निकोलस, रिपोटर जोइ र क्यामेराम्यान रोविनलाई पनि मायाको प्रदान गरिएको छ ।
नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले एक जुडो खेलाडीले विश्वको सवोच्च शिखर आरोहण गर्नु समग्र जुडो परिवारका गर्वको कुरा रहेको बताए । सब्रिनाले पामका जुडो खेलाडीमा विगताको भन्दा धेरै सुधार भएको प्रतिक्रया दिदै खेलाडीले आफ्नो लक्ष्य साकार गर्न कडा परिश्रम गर्नु पर्नेमा जोड दिइन् ।
सदस्य श्रेष्ठले सब्रिनालाई पामको सहयोग हात भएको बताउदै पामको स्थापना र पामले गर्ने कामका बारेमा प्रकाश पारेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]