4 years ago
June 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काभ्रे जिल्ला आईटीएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् ।

बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे । काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपीएफका सागर विक तेश्रो भए ।
दोस्रो एका अनिलले ५० हजार र तेस्रो हुन सफल सागरले २५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस प्रतियोगितामा आयोजकसहित सात प्रदेश र दुई विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ र नेपाल आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धा गरेको थिए । प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमबाट ३ खेलाडी छनोट भएर आउनु पर्ने प्रावधान थियो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिंङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले व्यावसायिक खेल प्रतियोगिताहरूले नेपालको खेलकुद विकासमा ठूलो मद्दत पुग्ने उल्लेख गर्दै यो प्रतियोगिताले यहाँका युवा प्रतिभालाई उत्प्रेरणा मिल्ने बताए ।
नेपाल अन्तराष्ट्रिय आईटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले पछिल्ला समय नेपालको खेलकुदमा सदस्य–सचिव घिसिङको निरन्तरताले आशाको किरण पलाएको बताए ।
‘खेलभावना बुझेको र लामो समयदेखि खेल संघको नेतृत्व गर्दै आउनु भएका खेल पदाधिकारीलाई नेपालको खेल नेतृत्वका रूपमा पाएको छौं । यसले गर्दा खेलाडी, प्रशिक्षक र खेल संघको भावना बुझेर उहाँले काम गरिरहनु भएको आभास हामीले पाएका छौं ।’– धमलाले भने ।
सो कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेसन (आईएसएफ) का कार्यकारी सदस्य एवम् अखिल नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष राजकुमार कार्कीलगायतको उपस्थिति थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]