4 years ago
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा अपराजित रहन सफल भएको छ ।

लिगमा लगातार चौथो जित निकाल्ने क्रममा शनिबार राति भएको खेलमा पुलिसले भलिबल योङ न्यु जेनेरेसन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो ।
पुलिसले पहिलो खेल क्लब इगल्स, दोस्रो खेलमा राष्ट्रिय टोलीका उषा भण्डारी सम्मिलित दिबेही सिफान्जी क्लब र तेस्रो खेलमा क्लब हाल्फलाईन लिंकेजलाई पराजित गरेको थियो ।
माल्दिभ्सको मालेमा शनिबार राति भएको खेलमा पुलिसले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट १८–२५ ले गुमाएको पुलिसले त्यसपछि तेस्रो २५–१४ ले तथा चौथो सेट २५–६ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।

राष्ट्रिय टोलीकी अर्की सदस्य उषा भण्डारी सम्मिलित दिबेही सिफान्जी क्लबले चार खेलमा तेस्रो हार बेहोरेको छ । दिबेही सिफान्जीले शनिबार राति क्लब इगलसँग ३–२ को सेटमा पराजित हुन पुग्यो । यसअघि दिबेही सिफान्जीले पुलिस क्लब र भलिबल युथ न्यु जेनेरेसनसँग हार बेहोरेको थियो ।
कामना र उषाले घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्ने गर्छन् । कामना र उषाको यो पहिलोपटक विदेशी लिग खेल हो ।
यसअघि नेपालबाट माल्दिभ्सको उक्त लिगमा राष्ट्रिय टोलीकी पुर्व उपकप्तान मन्जु गुरुङ, कोपिला उप्रेती, निमा श्रेष्ठ, राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली, सरस्वती चौधरी र अरुणा शाहीले खेलिसकेकी छिन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]