4 years ago
June 5, 2022
लमजुङ (हाम्रो खेलकुद) – बेसीशहर नगरपालिकाले लमजुङ सदरमुकाम बेशीशहरमा सञ्चालन भएको संघ, प्रदेश र स्थानिय तहबीचको फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

लमजुङ फुटसलमा आइतबार भएको फाइनलमा बैंकर्स टिम लमजुङलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गर्दै बेसीशहर नगरपालिकाले उपाधि हात पारेको हो । बेसीशहरले पहिलो र दोस्रो हाफमा समान ५ गोल गरेको थियो ।
उपाधिसँगै बेसीशहरले २६ हजार रुपैया बराबरको खसी ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको बैंकर्स टिमले १७ हजार रुपैयाँ बराबरको बोका जितेको छ । प्रतियोगिताभर कुल ९ गोल गरेका बेशीशहरका ईश्वर अधिकारी सर्वाधिक गोलकर्ता भए ।
प्रतियोगितामा पूर्वाधार विकास कार्यालय लमजुङ अनुशासित टिम घोषित भए । सिडेन तनहँुका अभिषेक बराल उत्कृष्ट गोलरक्षक चुनिए । बैंकर्सका सुरेश थापा उत्कृष्ट खेलाडी चुनिए । अनुशाषित टोलीलाई बेसीशहर मोडल अस्पतालबाट प्रायोजित ३ हजार तथा उत्कृष्ट सबैलाई सिडेन कास्कीका सदस्य अनुप शेरचनले १ हजार रुपैया र कप हात पारे ।
विजयी टोली तथा खेलाडीलाई नेपाली काँग्रेसका निवर्तमान अध्यक्ष भेषबहादुर पौडेल, सिडेन नेपाल निवर्तमान उपाध्यक्ष लक्ष्मण केसी, नेपाली काँग्रेस गण्डकी प्रदेशको संगठन विभाग प्रमुख हरिप्रसाद बराल, आयोजक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)ल का अध्यक्ष दीपेन्द्र रावललगायतले पुरस्कृत गरे । प्रतियोगितामा तनहुँ, लमजुङ र गोरखाका गरी कुल १० टिमको सहभागिता रहेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]