4 years ago
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्समा गरी जम्मा ३८ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गल्र्समा ७ टिम सहभागी हुने छन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु बसुन्धारामा हुनेछ ।
पत्रकार सम्मेलनमा प्रिन्सिपल चापागाईंले कोभिड– १९ का कारण विद्यालय खेलकुद ज्यादै न्युन मात्रमा भइरहेको अवस्थामा यो प्रतियोगिताले विद्यालयमा अध्ययनरत बास्केटबल खेलाडीलाई चलायमान बनाउन केहि हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कोभिड– १९ कै कारण बीएनए कपको २ संस्करणमा पनि आयोजना नभएको जानकारी गराए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने बीएनएका संयोजक सन्तोष फुयालले जानकारी दिए । बीएनएका अध्यक्ष प्रमोद श्रेष्ठ र बास्केटबल प्रशिक्षक नारायण खवासले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए । फाइनल असार १ गते हुने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]