default_image

4 years ago

June 5, 2022

विजय र कुञ्जनको जोडीलाई भलिबल उपाधि

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विजय थापा र कुञ्जन शाहीको जोडीले तेस्रो संस्करणको न्युटन बाग्लुङ कप टु ए साइड भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

न्युटन हाइ स्कुलमा आइतबार भएको फाइनलमा विजय र कुञ्जनको जोडीले दिल सुनार र विष्णु बस्नेतको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विशाल विक र रविन चन्दको जोडीले तेस्रो स्थान हासिल गरेको छ ।

उपाधिसँगै विजय र कुञ्जनको जोडीले ५० हजार रुपैया र ट्रफी हात पारेको छ । दोस्रो भएको दिल र विष्णुको जोडीले ३० हजार रुपैया ट्रफी हात पारेको छ । तेस्रो भएको विशाल र रविनको जोडी १० हजार रुपैया र ट्रफी हात पारेको छ ।

दुई दिने प्रतियोगितामा विजयी टोली तथा खेलाडीलाई न्युटन हाइ स्कुलका प्रिन्सिपल राम केसीले पुरस्कृत गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.