default_image

4 years ago

June 6, 2022

गुणराजलाई बधाई

303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले प्रोफेसनल फेयर टेक्स फाइटमा सफलता हात पारेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई सोमबार भेट गरी बधाई दिएका छन् ।

त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी सदस्य–सचिव घिसिङले गुणराजलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले गुणराजलाई सफलताका लागि बधाइ दिदै आगामी दिन अझ बढी उपलब्धी प्राप्त होस् भनी शुभकामना दिए ।

सोही अवसरमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले पनि गुणराजलाई सफलतका लागि बधाइ दिए ।

थाइल्यान्डको बैंककमा मे २१ तारिखमा भएको प्रतिस्पर्धामा गुणराजले म्यान्मारका मोन्कोन यतितलाई पराजित गरेका थिए । गुणराज एकमहिने प्रशिक्षणका लागि थाइल्यान्ड गएका थिए । त्यही दौरान गुणराजले फाइटमा प्रतिस्पर्धा गरेका हुन् । गुणराज २ दिनअघि मात्र स्वदेश फर्किएका हुन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.