4 years ago
June 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागरसिंह ठकुरीले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।

पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रन्जित तामाङलाई पराजित गरे । आयोजककै दीपकसिंह सितौला र सुनसरीका अफान श्रेष्ठ तेश्रो भए ।
पुरुष ३४ केजीमुनि बाँकेका जिवेशजंग शाहीले पहिलो स्थान हात पारे । फाइनलमा उनले चाँदनीका आशिष माझीलाई हराए । नुवाकोटका अशोक तामाङ र टोखाका राजन कर्माचार्य तेश्रो भए ।
महिला ३१ केजीमुनि चन्द्रागिरीकी सेली गुरुङले फाइनलमा बाँकेकी रितु राजकोटीलाई पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन् । आयोजककी रितिका थापा र एसकेबीसीकी याङजुम शेर्पाले तेश्रो स्थानमा चित्त बुझाए । महिला ३७ केजीमुनि बाँकेकी अनु थापा पहिलो भइन् । अनुले स्वर्ण भिडन्तमा नेवारेकी आशा शाहीलाई पन्छाइन् । एसकेबीसीकी देबुना केसी र राष्ट्रिय विभूतिकी सन्जु सापकोटा तेश्रो बने ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले निर्णायक नोर्बु लामालाई खेल सामाग्री हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा विभिन्न २२ जिल्लाका करिब ६ सय खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।
काठमाडौं महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ग्योरोगी र पुम्सेका उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार दिइने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]