4 years ago
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १९औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा सोमबार शुभकामनासहित बिदाई गरेका छन् ।

बिदाई गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रकृया भएको बताए । उनले यो प्रशिक्षण नवौं राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभएता पनि खेलाडीहरुको स्तर बृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए ।
सदस्य सचिव घिसिङले खेलाडीहरुलाई अनुशासित रहेर प्रशिक्षण लिन र स्तर बृद्धिका लागि अध्ययन र अनुसन्धानलाई पनि महत्व प्रदान गर्न प्रशिक्षक र खेलाडीलाई सुझाव दिए ।
राष्ट्रिय खेलकुद परिषदले १९ औं एशियाली खेलकुदमा सहभागी हुने २३ खेलका पहिलो चरणमा छनोट भएका खेलाडीहरुका लागि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कबड्डीले महेन्द्रनगरमा आफ्नो एक महिने प्रशिक्षण गर्ने छ । १५ सदस्यीय खेलाडी, ४ प्रशिक्षक आजै त्यसतर्फ प्रस्थान गरेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]