4 years ago
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको आयोजनामा ओलम्पिक डे स्क्वास प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता बुधबारदेखि सुरु भएर शनिबार सम्पन्न हुनेछ ।

प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्षमाथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० जनाको सहभागिता रहनेछ ।
नेपाल स्क्वास संघका सदस्य राजेन्द्र शाक्यका अनुसार यो स्क्वास प्रतियोगिता नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको वार्षिक क्यालेन्डरमा रहेको हुँदा हरेक वर्ष आयोजना हुने गर्दछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]