default_image

3 years ago

June 16, 2022

नेपाल छनोट हुन असफल

254 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा छनोट हुन असफल भएको छ ।

काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको ब्वाइज÷गल्र्स दुवै टोली छनोट हुन असफल भएको हो । प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालू संस्करणसहित नेपाल सन् २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा छनोट भएको थिएन ।

नेपालमा सन् २०१७ मा भएको पहिलो संस्करणमा ब्वाइज टिम छनोट भएको थियो । २०१८ मा नेपालमै भएको दोश्रो संस्करणमा ब्वाइज-गल्र्स दवै टिमले छनोट चरण पार गरेका थिए । २०१९ मा बंगलादेशमा भएको तेश्रो संस्करणमा ब्वाइज टिम छनोट हुन सफल भएको थियो । २०२१ मा कोभिड– १९ का कारण प्रतियोगिता भएन ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा शुक्रबार नेपाली ब्वाइज-गल्र्स दुवै टोलीले हारको शृंखलामा ब्रेक लगाएका छन् । नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित ग¥यो ।

सिंगल्समा असभसम्राट हाडाले सलामलाई ६–० र ६–० तथा वृजेश आर्यलले नियाजलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरे । डबल्समा वृजेश र आद्रित नेपालको जोडीले कलिम र नियाजको जोडीलाई ६–४ र ६–१ को सीधा सेटमा हराए । यसअघि नेपाल लगातार दुई खेलमा चुकेको थियो ।

गल्र्समा लगातार तीन खेलमा हार सामना गरेको नेपालले चौथो खेलमा भुटानमाथि ३–० को जित रच्यो । सिंगल्समा कर्मिस्था नुगाह श्रेष्ठले छिरिङ तथा शिभाली गुरुङले वाङमोलाई पाखा लगाए । डबल्समा प्राज्ना मानन्धर र कर्मिस्थाको जोडीले छिरिङ र वाङमोको जोडीलाई पन्छाए । तीनै स्पर्धामा सहज जित निकालेको नेपाल समान ६–० र ६–० ले विजयी रह्यो ।

प्रतियोगिताको ब्वाइजमा भारत र पाकिस्तान फाइनलमा प्रवेश गरेका छन् । गल्र्सको राउन्ड रोविन लिगमा पहिलो हुँदै भारत र दोश्रो बन्दै श्रीलंका फाइनलमा पुगे । चारै टोली फाइनल प्रतियोगिताका लागि छनोट भए । ब्वाइज-गल्र्स दुवैमा पहिलो र दोश्रो हुने टोली छनोट हुने प्रावधान छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.