default_image

3 years ago

June 18, 2022

पारा ओलम्पियन सम्मानित

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनपीसी नेपालले चार पारा ओलम्पियन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

एनपीसी नेपालले शनिबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजना गरेको राष्ट्रिय पारा एथलेटिक्स च्याम्पियनसिपका दौरान पारा ओलम्पियनलाई सम्मान गरेको एनपीसी नेपालका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन् ।

सम्मानित हुने पारा ओलम्पियनमा निर्मला ज्ञवाली (ग्रिस), विक्रमबहादुर राणा (लन्डन-ब्राजिल), मैया विशंखे (लन्डन) र लक्ष्मी कुँवर (ब्राजिल) रहेका छन् । उनीहरुलाई एनपीसीकी अध्यक्ष राधा घलेले प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरिन् ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा भएको एकदिने प्रतियोगितामा विभिन्न २१ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहेको कोषाध्यक्ष सिवाकोटीले जनाएका छन् । हरेक स्पर्धामा पहिलो हुनेलाई १ हजार ५ सय, दोश्रोलाई १ हजार र तेश्रोलाई ५ सय नगद पुरस्कार प्रदान गरियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.