default_image

3 years ago

June 19, 2022

सुवास र सद्भावले बैंग्लोरमा प्रशिक्षण गर्ने

306 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर सुवास तामाङ र नम्वर दुई सद्भाव आचार्यले विश्वकै प्रतिष्ठित भारतको बैंग्लोरमा रहेको गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन् ।

नेपाल गल्फ संघको पहलमा उनीहरुले बैंग्लोरमा रहेको सुविधासम्पन्न तरुन सरदेसाई गल्फ एकेडेमीमा करिव ३ महिना प्रशिक्षण गर्नेछन् । प्रशिक्षणका लागि सुवास र सद्भाव बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ । उनीहलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंक लाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य लगायतले आइतबार बिदाई गरेका छन् ।

राखेपका सदस्यसचिव घिसिङले सबैलाई खेललाई समान अवसर दिइने र बढी सम्भावना रहेको खेललाई थप प्रोत्साहन गरिने बताए । उनले यो प्रशिक्षण तीन महिनाका लागि मात्रै नभई निरन्तर लैजाने लक्ष्य रहेको बताए ।

सुरुवातमा सुवास र सद्भावले तीन महिना प्रशिक्षण गर्नेछन् । तीन महिनापछि सद्भाव सोही एकडेमीमा दुई वर्षसम्म थप अध्ययन र प्रशिक्षणमा रहनेछन् । संघले प्रो शुक्र बहादुर राईलाई पनि प्रशिक्षणको वातावरण मिलाउने तयारी गरिरहेको छ ।

उक्त एकेडेमीमा विशेषगरी पोषण र इन्ज्युरी व्यवस्थापन सम्वन्धी प्रशिक्षण हुने गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य बताए ।

‘त्यहाँ खेलाडीसँग असेस्ट गर्ने राम्रो वातावरण छ । हरेक दिन बल हान्न लगाउदैन । संस्कार र अनुशासनको हिसावले बैंककभन्दा बैंग्लोर राम्रो लागेर त्यही रोजेका हौं ।’ आचार्यले भने, ‘त्यहा सुरुवातमा फिजिकल असेसमेन्ट, गल्फ र त्यसपछि मात्रै प्रशिक्षणको तालिका हुन्छ । हामी यो तीन महिनाको प्रशिक्षणलाई हेर्दै त्यसपछि के गर्ने भन्ने सोच्नेछौं । राम्रो भएको अवस्थामा प्रशिक्षण अवधि लम्ब्याउन सक्छौं । नभए अन्यत्र पनि प्रशिक्षणको प्रवन्ध मिलाउनेछौं ।’

सुवासलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटिले सहयोग गर्नेछ । ५० प्रतिशत छात्रवृत्तिमा सुवासको लागि तीन महिनामा ६ लाख नेपाली रुपैया खर्च हुनेछ । २५ प्रतिशत छात्रवृत्ति पाएका सद्भावलाई दुई वर्षको १६ लाख भारतीय रुपैया प्रशिक्षण खर्च लाग्नेछ । सद्भाव व्यक्तिगत खर्चमा प्रशिक्षणमा जान लागेको हो ।

यो तीन महिनाको प्रशिक्षणपछि सुवास र सद्भावले थाइल्यान्डमा २७ देखि ३० अक्टोवरमा हुने एसिया प्यासेफिक एमेच्योर च्याम्पियनसिपमा सहभागिता जनाउनेछ । सुवास एमेच्योरतर्फ विश्वमा २६२औं स्थानमा तथा सद्भाव २६७०औं स्थानमा रहेका छन् । गल्फ संघले शीर्ष १० भित्र पर्ने र एसियन गेम्स २०२४ खेल्ने लक्ष्य राखेको छ । यि खेलाडीबाट दक्षिण एसियाली खेलकुद (साग) र एसियन गेम्समा पदकको अपेक्षा गरिएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.