3 years ago
June 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी फिटनेस एकेडेमीले पारा तेक्वान्दो खेलाडीलाई सम्मानित गरेको छ । महालक्ष्मी फिटनेस एकेडेमीले एक कार्यक्रम गर्दै सृजना घिसिङ रन्जना धामी, राम बहादुर अधिकारी र प्रशिक्षक कविराज नेगी लामालाई सम्मानित गरेका हुन् ।

उनीहरुलाई महालक्ष्मी नगरपालिका ललितपुरका मेयर हरि गोविन्द श्रेष्ठ र डोजाङ प्रमुख एवं संयोजक थानेश्वर दर्लामी मगरलगायतले सम्मानित गरे । रन्जना धामीले पछिल्लोपटक सन् २०२२ हुने भनिएको हङ्जाउ एसियन पारा गेम्सको युएईमा भएको छनोटमा कास्यपदक जित्न सफल भएकी थिइन् । उनले त्यसअघि विश्व च्याम्पियनशिप २०१७, युके र एशियन चम्पियनशिपहरुमा कास्यपदक जितेकी थिइन् ।
सृजना घिसिङले बहराइनको मनामामा भएको एशियन युथ पारा गेम्स २०२१ र २०७८ फागुनमा भएको डब्लुटी प्रेसिडेन्ट कप एसिया क्षेत्रमा रजत पदक जितेकी थिइन् । राम बहादुर अधिकारीले सन् २०२२ हुने भनिएको हङ्जाउ एसियन पारा गेम्सको युएईमा भएको छनोटमा उच्च प्रदर्शनसँगै विगतमा विश्व च्याम्पियनशिप २०१७, युके र एशियन चम्पियनशिपहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस्तै प्रशिक्षक कविराज नेगी लामा टोकियो २०२० पारा ओलम्पिक गेम्स, एशियन युथ पारा गेम्स २०२१, विश्व तेक्वान्दो प्रतियोगिता, एशियन तेक्वान्दो प्रतियोगिता तथा विभिन्न पारा तेक्वान्दो अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको तर्फबाट पारा तेक्वान्दो खेलमा प्रशिक्षकको भूमिकामा रहेर सहभागी हुनु भई नेपाली पारा खेलकुदको यात्राको इतिहासमा नेपाली पारा तेक्वान्दो खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शन गरी नेपालको शान राख्न सफल प्रशिक्षक हुन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]