default_image

3 years ago

June 22, 2022

ओलम्पिक दिवसमा जुडोको प्रभातफेरी

276 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसरमा नेपाल जुडो संघले बुधबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) बाट सुरु भएको प्रभातफेरी विभिन्न भागको परिक्रममा गरी पुनः एमएमएसीमै आएर टुंगिएको थियो ।

प्रभातफेरीमा नेपाल जुडो संघका पदाधिकारी, ओलम्पियन, खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो । सोही अवसरमा नेपाल जुडो संघका उपाध्यक्ष बाबुराजा महर्जनलाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा ७ को अध्यक्षमा निर्वाचित भएको सम्मान गरिएको थियो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले महर्जनलाई सम्मान गर्नुका साथै बधाइ दिएका थिए ।

ओलम्पिक दिवसकै अवसरमा पूर्व मेचीदेखि सुदूरपश्चिमसम्म विभिन्न जिल्ला, डोजो, विभागीय क्लबमा गरी २२ कार्यक्रम आयोजना गरेको अध्यक्ष वज्राचार्यले जनाएका छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.