3 years ago
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेकी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी सेटर प्रगति नाथ प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी चुनिएकी छिन् ।

शनिबार सम्पन्न फाइनलमा न्यू डायमन्ड एकेडेमीलाई अपराजित रहेर च्याम्पियन बनाउन उनले टोलीको कप्तानी भुमिका सम्हालेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै उनले उनले ३ हजार रुपैयाँसहित शिल्ड हात पारिन् ।
चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा डायमन्डले परोपकार आदर्श माध्यमिक विद्यालयमाथि २५–१५, २५–१२ र २१ को सोझो सेटमा जित निकाल्दै अपराजित रहेर उपाधि जित्न सफल भएको थियो ।
व्यक्तिगत विधामा न्यू डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट स्पाइकर, डायमन्डकै निशा महरा उत्कृष्ट ब्लकर, परोपकारकी रोशनी कार्की उत्कृष्ट सेटर, परोपकारकै रुजिता दर्जी उत्कृष्ट सर्भर, न्यू डायमन्डकी एन्जिला प्रधान उत्कृष्ट लिवेरो र न्यू डायमन्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै उत्कृष्टले समान १ हजार र शिल्ड हात पारे ।

उपाधिसँगै न्यू डायमन्डले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको परोपकारले २५ हजार र तेस्रो भएको ज्ञान सुधा एकेडेमीले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । चौथो भएको ब्राइट होराइजनले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।
। विजयी टोली तथा खेलाडीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, न्यू डायमन्ड स्पोर्ट्स क्लबका अध्यक्ष सुनकेशरी माली लगायतले पुरस्कृत गरे । गत बुधबारदेखि राउन्ड रोविन लिगको आधारमा शुरु भएको प्रतियोगितामा चार विद्यालयको सहभागिता रहेको थियो ।

न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा न्यू डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होम गरी चार टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उत्कृष्ट
सर्वाेत्कृष्ट – प्रगतिनाथ (न्यू डायमन्ड)
स्पाइकर – सलिना बुढा मगर (न्यू डायमन्ड)
ब्लकर – निशा महरा (न्यू डायमन्ड)
सेटर – रोशनी कार्की (परोपकार)
सर्भर – रुजिता दर्जी (परोपकार)
लिवेरो – एन्जिला प्रधान (न्यू डायमन्ड)
प्रशिक्षक – कुमार राई (न्यू डायमन्ड)
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]