3 years ago
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी युएईले दुवईंमा आयोजना भएको ‘टेक ब्याडमिन्टन कप’ को उपाधि जितेको छ ।

दुबईको प्राइम स्टार स्पोर्ट्स एकेडेमीमा टिम च्याम्पियनसिपको अवधारणामा आयोजना भएको प्रतियोगितामा नेपाली ब्याडमिन्टन कम्युनिटी च्याम्पियन बनेको हो ।
नेपाली ब्याडमिन्टन कम्युनिटीबाट दिवस शंकर, एसिया जबेगु, ज्ञानु बराल र पुरुषोत्तम ओलीले प्रतिस्पर्धा गरेको ब्याडमिन्टन रेफ्री उदय अर्यालले जानकारी गराए । उपाधिसँगै नेपाली ब्याडमिन्टन कम्युनिटी टोलीले १० हजार युएई दिराम अर्थात करिव ३ लाख ५० हजार रुपैया प्राप्त गरेका छन् ।
१० दिनअघि नेपाली ब्याडमिन्टन कम्युनिटीका खेलाडी सानिया चन्द र साहिल चन्दले दुबई स्कुल गेम्समा स्वर्ण पदक जितेका थिए । उनीहरुले भारतको स्कुलबाट प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई इन्डियन ब्याडमिन्टन एसोसियसनका उपाध्यक्ष तथा मुख्य प्रशिक्षक पुलेला गोपिचन्दले पुरस्कृत गरे । उनले नेपाली टिमबाट खेल्ने अनुहार नभएपनि खेलाडीमा आशालाग्दो खेल प्रतिभा देखिएको बताए ।
दुवईंमा विभिन्न राष्ट्रबाट रोजगारीको शिलशिलामा त्यहाँ बसोबास गर्नेहरुको अलग अलग ब्याडमिन्टन कम्युनिटी रहेका छन् । त्यही कम्युनिटीबीच ब्याडमिन्टन प्रतियोगिता हुँदै आएको छ । भारतीय ब्याडमिन्टन कम्युनिटीलाई नेपाली ब्याडमिन्टन कम्युनिटीले चुनौती दिदै आएको छ ।
प्रदेश १ का प्रतिभावान् खेलाडी दिवस शंकर र एसिया जवेगुको उपस्थितिले नेपाली ब्याडमिन्टन कम्युनिटी बलियो बन्न पुगेको प्रशिक्षक सुमन उदयले जानकारी गराए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]