3 years ago
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल विज्ञान खेलकुद प्रतिष्ठान (सान) का पूर्व निर्देशक डा. प्रकाश प्रधानद्वारा लिखित ‘साइन्स अफ स्पोर्ट्स ट्रेनिङ’ नामक पुस्तक सोमबार विमोचन गरिएको छ ।

पुस्तकको प्रा.डा. रामकृष्ण महर्जन, राखेपका पूर्व सदस्य गंगाबहादुर थापा, लेखक प्रधानलगायतले त्रिभूवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रमबीच विमोचन गरे । सो अवसरमा राजकुमार कार्कीको अध्यक्षतामा २५ सदस्यीय नेपाल स्पोर्ट्स साइन्स एसोसिएसन गठन गरिएको छ ।
वरिष्ठ उपाध्यक्षमा रुकेश तण्डुकार, उपाध्यक्षमा राकेशकुमार राई, सुनकेशरी माली र राजेन्द्र खत्री, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा युपेन श्रेष्ठ, विराज काफ्ले र सरोज ऐर, कोषाध्यक्षमा आयशा शाक्य र सह–कोषाध्यक्षमा शरद दर्शनधारी रहेका छन् ।
सदस्यमा सुजन नगरकोटी, हरि भट्टराई, राजेन्द्र बुढाथोकी, नीतु चौधरी, पुजन थापा, अनिल चौधरी, जय लामा, याङगुप बान्तवा, करण पुन, श्रीराम भण्डारी, तर्कराज भट्ट, मिनाकुमारी राई, मुना बासुकला र विजय बुर्जा छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]