3 years ago
June 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ईस्पोर्टस् संघको आयोजनामा तेस्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप यसै महिना आयोजना हुने भएको छ ।

पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २३ देखि २५ असारसम्म हुने जानकारी गराएको हो । छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकै नै रुचाईएको खेल पर्दछ ।
थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा २, सिएस गो, एमएलबिबी, टेकेन ७ र पब्जी गरि ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । आयोजक संघका अध्यक्ष सुरज डंगोललले च्याम्पियनसिपका प्रतियोगिताहरु संचालन भईसकेको र फाइनल प्रतिस्पर्धा २३ असारदेखि शुरु हुने बताए ।
जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरुले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरु, एमएलबिबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङपङ र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरु रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरुविच प्रतिस्पर्धा भईरहेको र १६ स्क्वाडका विच आषाढ १६ गते सम्म सेमिफाईनलका प्रतिस्पर्धा भईरहेको अध्यक्ष डंगोलले जनाएका छन् ।
च्याम्पियनसिप ईन्डोनेसियाको बालीमा आयोजना हुने १४औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिता समेत रहेको छ । विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जनाएका छन् ।
च्याम्पियनसिपलाई विभिन्न संघ संस्थाले साथ दिएका छन् । जसमध्ये ईभेन्ट्स म्यानेजमेण्टको जिम्मेवारी माईस प्रालिले लिएको छ । यस्तै एपि १ ले स्थान उपलब्ध गराएको छ । प्राईम कलेजले पनि च्यामिपयनसिपलाई साथ दिएको छ ।
प्राईमले विजयी ५ खेलाडीहरुलाई स्नातक तहको छात्रबृत्ति प्रदान गर्ने भएको छ । कार्यक्रममा बोल्दै प्राईम कलेजका प्रिन्सिपल एन.पी. शर्माले पढाई मात्र नभई खेलकुद गतिविधीमा समेत कलेको लगानी रहेको भन्दै आफ्ना कलेजका आईटिका विद्याथीहरुविच र युवाहरुको विच निकैनै लोकप्रिय रहेका ईस्पोर्टस्लाइ साथ दिन पाएकोमा हर्ष महशुस भएको भन्दै ५ खेलाडीहरुलाई स्नातक तहको छात्रबृत्ती प्रदान गर्ने बताए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]