default_image

3 years ago

June 30, 2022

कीर्तिपुरको दोश्रो जित

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुरले राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।

पहिलो खेलमा बुधबार कीर्तिपुरले आईएस नेपाललाई पराजित गरेको थियो । कीर्तिपुरको नयाँ बजारस्थित घरेलु कोर्टमा कीर्तिपुरले गोल्डेनगेटलाई ७९–६४ ले पराजित ग¥यो । कीर्तिपुरका पारस योञ्जनले २२ अंक जोडे । गोल्डेनगेटका अभिषेक सिंहले १४ स्कोर गरे ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा टाइम्स र बीएमकेले पनि सफलता हात पारे । टाइम्सले जेभियर इन्टरनेसनललाई ६७–५५ ले हरायो । टाइम्सका सुजन लिम्बूले १८ तथा टाइम्सका मनीष तामाङले १७ स्कोर गरे ।

बलर्स एकेडेमी विरुद्धको खेलमा बीएमके ७१–४० ले विजयी भयो । बीएमकेका सोनामप्रयाग शेर्पाले १६ तथा बलर्सका साहिल तमुले २८ अंक जोडे । प्रतियोगिताअन्तर्गत शुक्रबार ४ खेल हुनेछ । टाइम्सले मेरिलियोन, बीएमकेले आईएसए नेपाल, जेभियरले रोयल तथा बलर्सले कीर्तिपुर विरुद्ध खेल्ने छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.