3 years ago
June 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुरले राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।

पहिलो खेलमा बुधबार कीर्तिपुरले आईएस नेपाललाई पराजित गरेको थियो । कीर्तिपुरको नयाँ बजारस्थित घरेलु कोर्टमा कीर्तिपुरले गोल्डेनगेटलाई ७९–६४ ले पराजित ग¥यो । कीर्तिपुरका पारस योञ्जनले २२ अंक जोडे । गोल्डेनगेटका अभिषेक सिंहले १४ स्कोर गरे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा टाइम्स र बीएमकेले पनि सफलता हात पारे । टाइम्सले जेभियर इन्टरनेसनललाई ६७–५५ ले हरायो । टाइम्सका सुजन लिम्बूले १८ तथा टाइम्सका मनीष तामाङले १७ स्कोर गरे ।
बलर्स एकेडेमी विरुद्धको खेलमा बीएमके ७१–४० ले विजयी भयो । बीएमकेका सोनामप्रयाग शेर्पाले १६ तथा बलर्सका साहिल तमुले २८ अंक जोडे । प्रतियोगिताअन्तर्गत शुक्रबार ४ खेल हुनेछ । टाइम्सले मेरिलियोन, बीएमकेले आईएसए नेपाल, जेभियरले रोयल तथा बलर्सले कीर्तिपुर विरुद्ध खेल्ने छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]