3 years ago
July 5, 2022
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सका बोटिक भान डीलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् ।
पहिलो र दोस्रो सेटमा ६–४ र ६–२ को सहज जित निकालेको नाडालले तेस्रो सेटमा जितको लागि निकै संघर्ष गर्नुपर्दा ७–६(८–६) ले विजयी भयो ।
३६ वर्षीय नाडालले लगातार ११ पटक विम्बल्डनको क्वाटरफाइनलमा पुग्न सफ भए । ३६ वर्षीय नाडालको यो ३ सय नवौं ग्रान्डस्लाम जित हो । कीर्तिमानी २२औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् । सर्वियन नोभाक जोकोभिच र स्वीस रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् ।
यस्तै अष्ट्रियाका निक किर्गियोसले ब्रान्डन नाकासिमालाई ३–२ को सेटमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् । रोमाञ्चक प्रतिस्पर्धात्मक बनेको खेलमा किर्गियोसले ४–६, ६–३, ७–६ (७–२), ३–६ र ६–२ को सेटमा जित निकाल्न सफल भयो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]