default_image

3 years ago

July 7, 2022

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु

169 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरामा बिहिबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरिय छात्र-छात्रा रनिङ शिल्ड प्रतियोगितामा स्याङ्जाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् ।

छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१.२ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पारिन् । यस्तै १५०० मिटर दौड उनले ५ मिनेट २६.४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् । तनहुँकी बिनिता सार्की २ मिनेट ५२ सेकेण्डमा दौड पुरा गर्दै रजत पदक हात पार्दा बागलुङकी गंगा सुनारले २ मिनेट ५६.०३ सेकेण्डमा दौड पुरा गर्दै कास्य पदक हात पारिन् ।

यस्तै ८०० मिटर छात्र दौडमा बादल कार्कीले २ मिनेट ०५.०९ सेकेण्डमा दौड पुरा गरी स्वर्ण जिते । कास्कीका प्रवेश आचार्यले २ मिनेट ०८ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङका बिकास पोखरेल २ मिनेट ०९.०१ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल रहे ।

यस्तै १५०० मिटर छात्रातर्फको दौडमा बागलुङकी पार्वती नेपालीले ५ मिनेट ४०.३ सेकेण्डमा दौड पुरा गरी रजत पदक जितिन् । नवलपुरकी यमुना थापाले ५१ मिनेट ४५.५ सेकेण्डमा दौड पुरा गरी कास्य पदक जित्न सफल भइन् । छात्रतर्फको १५०० मिटर दौडमा पर्वतका कृष्ण परियारले ४ मिनेट २२.९ सेकेण्डमा दौढ पुरा गरी स्वर्ण जितेका छन् । लमजुङका विकास पोखरेलले ४ मिनेट २९.२ सेकेण्डमा दौड पुरा गरी रजत र कास्कीका बिबेक परियारले ४ मिनेट ३२.१ सेकेण्डमा दौड पुरा गरी कास्य पदकमा चित्त बुझाए ।

यस्तै बिहिबार नै सम्पन्न १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेतले स्वर्ण पदक जिते । आफ्ना १० प्रतिष्पर्धीलाई उछिन्दै उनले १२.२ सेकेण्डमा पुरा गरी स्वर्ण जितेका हुन् । छात्रतर्फ नै १२.०३ सेकेण्डमा दौड पुरा गरेका तनहुँका प्रेम बहादुर थापाले रजत पदक हात पार्दा म्याग्दीका आशिष केसीले १२.०९ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल भए ।

छात्रा १०० मिटर दौडमा स्याङ्जाकी समिक्षा गैरेले १४.६६ सेकेण्डमा दौड पुरा गरी स्वर्ण हात पारिन् । नवलपुरकी प्रतिक्षा वाग्लेले १५.२१ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङकी लक्ष्मी परियारले १६.०० सेकेण्डमा दौड पुरा गरी कास्य पदक हात पारिन् ।

भलिबल छात्रतर्फ बागलुङले पर्वतको सामना गर्नेछ । कास्कीले स्याङ्जासँग भिड्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले खेलकुद विकासका लागि लगानी बढाउनु पर्ने कुरामा जोड दिए ।

पोखरा पर्यटकिय संगै खेलकुदको समेत अपार सम्भावना भएको हुनाले यहाँका खेल मैदान संगै रंगशालाहरुको संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने कुरा उल्लेख गर्दै उनले राष्ट्रियताको जर्गेना गर्ने विषय भन्नु नै खेलकुद हो, त्यसैले खेलकुद विकास संगै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेतर्फ सवैको ध्यान जान आवश्यक रहेको औल्याए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, गण्डकी प्रदेश शिक्षा विकास निर्देशक अम्विका प्रसाद आचार्य, यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेललगायतले विद्यालय लक्षित खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा एक विद्यालय एक शिक्षक हुनुपर्ने कुरालाई राज्यले विशेष रुपमा अघि बढाउनु पर्ने कुरामा जोड दिए ।

उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुद विकासका लागि कम्तिमा राज्यको कुल बजेटको २ प्रतिशत अनिवार्य विनियोजन भएमा खेलकुदले उचाई प्राप्त गर्ने बताए ।

प्रतियोगिता सुरु हुनुअघि भएको मार्चपासमा कास्की पहिलो भयो । गोरखा दोस्रो र नवलपुरले तेस्रो स्थान हात पारेको छ । बिहिबार सम्पन्न विजेता खेलाडीहरुलाई प्रदेश सभाका सभामुख अधिकारी, गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मी, नेपाली सेना मध्य कमाण्डपति बाबुराम श्रेष्ठ, राखेपका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५ सय ७४ जना खेलाडीको सहभागिता रहेको छ । उनीहरुले एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उशुमा प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिता भोली शुक्रबार सम्पन्न हुनेछ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.