3 years ago
July 9, 2022
एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । जोकोभिचले घरेलु खेलाडी क्यामरोन नोरीमाथि ३–१ को सेटमा जित निकाल्दै आठौंपटक विम्बल्डनको फाइनलमा प्रवेश गरेका हुन् ।

सेन्टर कोर्टमा शुक्रबार राति भएको सेमिफाइनलको शुरुवाती सेट २–६ ले गुमाएको ६ पटकको विम्बल्डन च्याम्पियन जोकोभिचले त्यसपछि तीन सेट ६–३, ६–२ र ६–४ ले सहजै आफ्नो पक्षमा पार्दै कीर्तिमानी ३२औं पटक ग्रान्डस्लामको फाइनलमा प्रवेश गरेका हुन् ।
३५ वर्षीय जोकोभिचलाई अब २१औंपटक ग्रान्डस्लाम जित्ने सम्भावना छ । राफायल नाडालले कीर्तिमानी २२ पटक ग्रान्डस्लाम जितेका छन् । उनीभन्दा पछि जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।
२० पटकको ग्रान्डस्लाम च्याम्पिन जोकोभिचले अब उपाधिको लागि आइतबार अष्ट्रियन निक किर्गियोससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडालले पेटको चोटका कारण सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएपछि किर्गियोस फाइनलमा पुग्न सफल भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]