default_image

3 years ago

July 10, 2022

सिएसएल आजदेखि एक्सन स्पोर्ट्स एच डि मा

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज सुपर लिग (सीएसएल) आइतबारदेखि एक्सन स्पोर्ट्स एच डि मा प्रसारण हुँदैछ ।
अब नेपाली दर्शकले एक्सन स्पोर्ट्समा हेर्न पाउनेछन् ।

नेपाली समय अनुसार आइतवार दिउँसो ४ः१५ बजे हुनेछ । चाईनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाइसान मैदानमा उत्रिँदै छन् । यस्तै सोमबार ५ः१५ बजे सेन्जेन र बेइजिङ तथा मंगलबार ४ः१५ मा सांघाई पोर्टसँग उहान थ्री टाउनले प्रतिस्पर्धा गर्नेछ ।

चार चरणमा विभाजन गरी खेलाइएको सीएसएलमा क्रमशः १०, ८, ८ र ८ राउन्डका खेल हुनेछ । आइतबारदेखि पहिलो चरणको १०औं राउण्डको खेल एक्सन स्पोर्टसले प्रशारण गर्न लागेको हो । एसएलको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।

विश्वकप, युरोपियन लिग, लगायत अन्य लिग रुचाउँदै आएका नेपाली फुटबलप्रेमी दर्शकलाई सीएसएल नयाँ फुटबल लिग थप हुनुको साथै विश्वस्तरीय फुटबल खेलाडी ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्हो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुनेछ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.