default_image

3 years ago

July 10, 2022

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् ।

सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे । लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले ८७० अंक पाए ।

महिलातर्फको एलिट विधामा लक्ष्मीले १४०० अंक सहित प्रथम स्थान हासिल गरिन् । १३५० अंक पाएकी उषा खनाल दोस्रो हुँदा इन्द्रकुमारी तामाङले तेस्रो स्थान हासिल गरिन् ।

दुबै विधामा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगल पुरस्कार प्राप्त गरे ।

गत जनवरी ८ बाट सुरु भएको प्रतियोगिताको समापन आइतबार बालुवाटार स्थित ढुकु फुटसल हबमा भएको थियो । २५० भन्दा बढि स्वदेशी तथा विदेशी साइकल राइडर सहभागी प्रतियोगिता पाँच विधाका विभिन्न १३ उमेर समुहमा आयोजना भएको थियो ।

प्रतियोगिताको हरेक सात संस्करणलाई सात वटा फरक फरक व्यवसायीक साईक्लीङ संस्थाले आयोजना गरेका थिए । जसमा ट्रेक बाइक नेपाल, हिमालयन सिंगल ट्र्याक, एमटीबी कग्स, इपिक माउन्टेन बाइक, लक्ष्मी साइकल सेन्टर, प्याङ्क बाइक र ट्यापआउट फिटनेश तथा ढुकु स्पोर्ट्स हव रहेका थिए ।

यस्तै, जुनियर पुरुष तर्फ राहुल वाईवा पहिलो, हिमान उपाध्याय दोस्रो तथा तेस्रो स्थान हासिल गरेका सुसिम चित्राकारले क्रमशः २०, १५ र १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको युथ (१२) तर्फ पूर्णराज तामाङ विजयी भए । मास्टर पुरुष तर्फ टेलर हिवर्व, मास्टर महिला तर्फ गोगी ग्रेवल, भेट्रान (५० माथि) ड्यानियल डेनेस, ग्रान्डमास्टर पुरुष तर्फ पेम्बा शेर्पा, ग्रान्डमास्टर महिला तर्फ निभा श्रेष्ठ र सिनियर पुरुष तर्फ स्टेफन जेम्स किलिङ विजयी भए ।

सात चरणसम्म चलेको प्रतियोगिताका विजेतालाई नेपाल साइक्लिङ संघका पूर्व अध्यक्ष छिमि उर्गेन गुरुङले पुरस्कृत गरे । सिरिजका आयोजक एवं राष्ट्रिय साईक्लिङ टोलीका प्रशिक्षक प्रयास तामाङले प्रतियोगितामा नेपालको साइक्लिङ समुदायको उत्साहजनक सहभागिता रहेकोले आगामि दिनमा अझै भव्य र परिस्कृत ढंगले अगाडी बढ्ने बताए ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.