3 years ago
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले फुटसल एकेडमी सञ्चालन गर्ने भएका छन् ।

भविष्यमा अब्बल फुटसल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको प्रशिक्षक बस्नेतले साउन ७ टिप्टो फुटसल एकेडमी सञ्चालनमा ल्याउन लागेका हुन् । उक्त एकेडमीमा यू–४ देखि यू–१५ वर्षसम्मका बालबालिकाको लागि प्रशिक्षण हुनेछ ।
‘हाल नेपालमा फुटसलमात्रै खेल्ने खेलाडीहरु निकै कम छ । फुटसल राष्ट्रिय टोलीमा प्रायः ‘ए’ डिभिजन क्लब या अन्य क्लबबाट व्यावसायिक फुटबल खेल्ने खेलाडीहरु छन् । हामीसँग फुटसल खेलाडीको धेरै विकल्प पनि छैन ।’ प्रशिक्षक बस्नेतले भने, फुटसलको विकास गर्न खेलाडी उत्पादन गर्न जरुरी छ । त्यसैले खेलाडी उत्पादनको निमित्त एकेडमी सञ्चालन गर्न लागेको हो ।’
चार सेसनमा हुने प्रशिक्षण हरेक शनिबार हुनेछ । प्रशिक्षण मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । प्रारम्भिक प्रशिक्षण बालाजुस्थित मोनिस्ट्री फुटसलमा हुनेछ ।
तत्कालका लागि शनिवार मात्र प्रशिक्षण सञ्चालन गरिएको र पछि नियमित रुपमा प्रशिक्षण थालिने प्रशिक्षक बस्नेतले बताए । यो कार्यले निकट भविष्यमा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरु उत्पादन हुनेमा विश्वस्त रहेको थपे ।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]