3 years ago
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तमु समाज माल्टाले लक्जेमवर्ग एनआरएनद्धारा आयोजित खुल्ला भलिबल लिग प्रतियोगिताको उपाधि जितेको छ ।

लक्जेमवर्गमा भएको फाइनलमा तमु समाज माल्टाले पोर्चुगल एनआरएनलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
तमु समाज माल्टाले च्याम्पियन बन्ने क्रममा समूह चरणमा स्पेन एनआरएन र लक्जेमवर्ग एनआरएनलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । सेमिफाइनलमा फ्रान्स एनआरएनलाई पनि २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भएको थियो ।
उपाधिसँगै तमु समाज माल्टाले २ हजार युरो, कप र मेडल प्राप्त गरेको छ । दोस्रो भएको पोर्चुगल एनआरएनले १ हजार युरो, कप र मेडल हात पारेको छ ।
तमु समाज माल्टाको प्रशिक्षकमा खुम गाँउले मगर टिम व्यवस्थापकमा पम बहादुर गुरुङ रहेका थिए । उनी राष्ट्रिय भलिबल रेफ्रीसमेत हुन् । तमु समाज माल्टाबाट सोवित राना मगर, विनोद गुरुङ र विशाल थापासँगै धिरज गुरुङ, देउ कुमार खेवाङ, मिलन श्रेष्ठ, गणेश राना र टम बहादुर केसीले खेलेका थिए ।

प्रतियोगितामा पोर्चुगल एनआरएन, डेनमार्क एनआरएन, स्पेन एनआरएन, फ्रान्स एनआरएन, बेल्जियम एनआरएन, तमु समाज माल्टा र आयोजक लक्जेमवर्ग एनआरएन गरी ७ टोलीको सहभागिता रहेको थियो ।
घरेलु भलिबलमा आफ्नो प्रभाव जमाएका खेलाडीहरु रोजगारीको शिलशिलामा विदेशमा रहेपनि निरन्तर भलिबल खेल्दै आएका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]