default_image

3 years ago

July 11, 2022

नो मर्सी र न्यु जेनिथलाई उपाधि

310 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नो मर्सी र न्यु जेनिथले प्रथम एसइइ कप ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । नो मर्सी फुटसल तथा न्यु जेनिथ थ्री बाइ थ्री बास्केटबलमा च्याम्पियन बने ।

खुमलटारस्थित आयोजक प्रिमियर इन्टरनेसनल स्कुलमा सोमबार भएको फुटसलतर्फको फाइनलमा नो मर्सीले स्वस्तिश्री गुरुकुललाई ४–१ गोलले पराजित ग¥यो । उपाधिसंगै नो मर्सीले ५० हजार तथा स्वस्तिश्रीले २५ हजार नगद पुरस्कार पाए ।

नो मर्सीका सञ्जय लामा उत्कृष्ट खेलाडी तथा स्वस्तिश्री गुरुकुल रेडका सुरेन्द्र तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १३ गोल गरेका नो मर्सीका गौरव महर्जन सर्वाधिक गोलकर्ता बने ।

बास्केटबलको फाइनलमा न्यु जेनिथले ऋत एकेडेमीलाई १९–१७ ले हरायो । न्यु जेनिथका सुसन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । न्यु जेनिथले ३५ हजार तथा ऋतले २० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मी, प्रिमियरकी एकेडेमिक डाइरेक्टर प्रविणा थापा, प्रतियोगिता संयोजक राजु श्रेष्ठलगायलतले पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको फुटसलमा २४ तथा बास्केटबलमा १६ टिम सहभागी थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.