default_image

3 years ago

July 16, 2022

नेपालविरुद्ध नामिबिया कप्तानको अर्धशतक

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियाका कप्तान जेहार्ड एरास्मसले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले २४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ ।


नामिबियाका कप्तान जेहार्ड एरास्मस ५९ बलमा ४ चौका र १ छक्का सहित ५१ रनमा अविजित छन् । उनले ५६ बलमा आफ्नो ओडिआई करिअरको पाँचौं अर्धशतक पूरा गरे । खराब सुरुवात गरेपनि चौथो विकेटका लागि एरास्मस र जान निकोल लोफ्टी इटनले ६८ रनको साझेदारी गर्दै नामिबियालाई खेलमा फर्काएका छन् । निकोल सन्दीपको बलमा बोल्ड हुनुअघि ३५ बलमा १ चौकासहित १९ रन बनाए ।

तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको पहिलो बलमा ओपनर लो हान्डी लोवरेन्सलाई २ रनमा बोल्ड आउट गरे । कप्तान सन्दीप लामिछाानेले सातौं ओभरको पहिलो बलमा नामिबियाका प्रमुख ब्याटर क्रेग विलियम्सलाई ५ रनमा बोल्ड गरे । उनी स्वीप खेल्ने चक्करमा मिस हुँदा बोल्ड भएका थिए ।


सोमपालले दशौं ओभरको पहिलो बलमा डेभिन ला ककलाई २७ रनमा बोल्ड आउट गरे । उनले ३० बलमा ५ चौका प्रहार गरे । नेपालले स्कटल्यान्डसँगको खेलबाट करण केसीलाई विश्राम दिँदा पवन सरार्फलाई मैदान उतारेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.