3 years ago
July 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्नपूर्ण ब्रसेल्स क्लब नेपाल बेल्जियम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा पत्रकार मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गरेको छ । खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन ।
मन्चको जितमा बासु अवाल र दिल तामाङले समान दुई तथा अभिनव जोशीले एक गोल गरे । अन्नपूर्णका सन्तोष खड्काले दुई तथा निराजन श्रेष्ठ र नरेश खड्काले समान एक गोल गरे । मैत्रीपूर्ण खेलको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले उद्घाटन गरेका थिए ।

विजेता मन्चलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गरे । सो अवसरमा उनले विदेशमा रहेर पनि खेल क्षेत्रमा सक्रिय नेपालीहरूको प्रशंसा गर्दै नेपाली खेलकुद विकासका लागि सरकारले पनि नयाँ योजना अगाडि बढाइरहेको बताए ।
नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष देवेन्द्र सुबेदीले विदेशमा बसेर नेपाली हिमालको पहिचानसहित खेलकुद क्षेत्रमा योगदान गर्दै आएकोमा क्लबका सम्पूर्ण सदस्यहरूको प्रसंशा गरे ।
अन्नपूर्ण ब्रसेल्स क्लबका कोषाध्यक्ष तथा टोलीका कप्तान सन्तोष खड्काले नेपाली खेलकुदप्रति आँफुहरु सदैव नजिक रहेको र विदेशमा पनि विभिन्न खेलकुद गतिविधिमार्फत आफ्ना देशका जनतालाई जोड्ने काम गरेको उल्लेख गरेका थिए ।
सन् २०१० देखि स्थापित यो क्लबले फुटबल र म्याराथनका प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । यो क्लब बेल्जियम रोयल फुटबल फेडेरेसनमा पनि दर्ता रहेको क्लबक कप्तान सन्तोष खड्काले जानकारी दिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]