default_image

3 years ago

July 19, 2022

विनय पन्त स्मृति कप भलिबल यसै महिना

493 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंको आयोजनामा स्व. बिनय पन्त स्मृति कप फोर ए साइड पुरुष भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ ।

आयोजकले प्रतियोगिता यही साउनको १९, २० र २१ गते नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा हुने जानकारी गराएको छ ।

प्रतियोगितामा एक टोलीमा राष्ट्रिय टोली तथा विभागीय टोलीको सेटमा खेलिसकेका १२ जनामध्येबाट एक जना मात्रै सामवेश गर्न पाइनेछ । वर्षाका कारण प्रतियोगिता नभइरहेको अवस्थामा यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

एक टोलीमा पाँच खेलाडी र एक प्रशिक्षक रहनेछ । प्रतियोगितामा सहभागिताको लागि ४ हजार रुपैयाँ दर्ता शुल्क राखिएको छ । विजेताले ५० हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ, कप मेडल र प्रमणपत्र हात पार्नेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले दुई हजार रुपैयाँ हात पार्नेछ ।व्यक्तिगत विधाका उत्कृष्ट सेटर, सर्भर, स्पाइकर, ब्लकर र प्रशिक्षकले जनही १ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्नेछन् ।

गोरखा जिल्ला गोरखा नगरपालिका १२ का स्थायी बासी भलिबल प्रेमी तथा भलिबल खेलाडीलाई अत्यन्तै माया गर्ने विनयको गत वर्षको २६ असोजमा घान्द्रुक घुम्न जाने क्रममा दुर्घटनामा परी निधन भएको थियो । उक्त दुर्घटनामा उनीसहित ८ जनाको मृत्यु भएको थियो । उनी सारांगे छहारी भलिबल प्रतियोगिताको सदस्य रहेका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.