3 years ago
July 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।

बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाई गरे ।
पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, विजय महतो, विपिन थनेत र राजीव कलाखेती रहेका छन् । बाँकी एक पुरुष खेलाडी क्षितिजकुमार धामीले प्रशिक्षकको पनि भूमिका निर्वाह गर्ने छन् । महिलामा सुमित्रा डंगोल, उषा महर्जन, सोममाया थापा मगर, चन्द्रा चौधरी र इनु चौधरी छन् ।
टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा लोकमणि आत्रेय, अर्को प्रशिक्षकमा सीता सुवेदी, निर्णायकमा मेघराज तोलङ्की, अफिसियलमा ध्रुवबहादुर गुरुङ र आईटीओ/अफिसियलमा नेसिर मास्के छन् । प्रतियोगिता साउन ८ देखि १५ गते (जुलाई २४–३१) सम्म हुनेछ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]