3 years ago
July 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मुवाँथाई खेलको ग्रेडिङ (आर्म ब्यान्ड टेस्ट) शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए ।

२० पुरुष र २ महिला खेलाडी सहभागी थिए । सहभागीले स्पाइरिङ, बेसिक, फिजिकल, दौड, टेक्निक, प्याडिङ र लिखित परीक्षा दिएका थिए । रेड-ह्वाइटमा १, रेडमा ३, ब्राउन ह्वाइटमा १, ब्राउनमा ३, ब्लुमा ६, ग्रिन र यल्लो ह्वाइटमा २–२ तथा यल्लो ह्वाइटमा ४ जना सहभागी थिए ।
ग्रेडिङ आयोजक संघका अध्यक्ष समेत रहेका मुख्य प्रशिक्षक गणेशलाल कक्षपतिले सञ्चालन गरेका थिए । नतिजा २ हप्तापछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ । एकदिने ग्रेडिङ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको मुवाँथाईको आफ्नै हलमा भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]