3 years ago
July 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बानेश्वरस्थित गोल्स फुटबल एकेडेमीका १० जुनियर खेलाडी प्रशिक्षणका लागि डेनमार्क प्रस्थान गरेका छन् ।

गोल्स फुटबल एकेडेकीले हरेक वर्ष १४ मुनिका बालबालिकालाई फुटबल प्रशिक्षणका लागि विभिन्न देशमा पठाउँदै आएकोमा यसपटक १० खेलाडीसहित १५ सदस्यीय टोली डेनमार्क प्रस्थान गरेको हो ।
प्रशिक्षकमा अमिर र रमेश थापा रहेका छन् । यि १० जुनियर खेलाडीले डेनमार्कमा प्रशिक्षणसँगै युरोपमा हुने अन्तरदेशबीचको विभिन्न खेलमा सहभागिता जनाउनेछ ।
एकेडेमीले विगत ६ वर्षदेखि निरन्तर १४ वर्षमुनिका बालबालिकालाई युरोपमा हुने फुटबलमा सहभागी गराउँदै आएको छ । एकेडेमीले हरेक शनिबार प्रशिक्षण तथा हरेक शनिबार भृकुटीमण्डप, बुद्धनगर र इमाडोलमा जुनियर र सिनियरलाई प्रशिक्षण दिँदै आएको छ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]