3 years ago
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल किक बक्सिङ संघले ३१ निर्णायकलाई शुक्रबार सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, विभागका उप निर्देशक हिमालराज दाहाल र नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले उनीहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे ।

सम्मानित हुने निर्णायकमा राजुसिंह बोजिको, जयचन्द लामा, विन्दा नेपाली, रिजन थापा मगर, शम्भु नेपाली, हरिबहादुर तामाङ, सन्जित शाही, प्रवीण सुनाम, अनमोल पुजारी, प्रदीप श्रेष्ठ, देवकुमार श्रेष्ठ, नरेन्द्र महर्जन, उत्तम श्रेष्ठ, दिवान्स श्रेष्ठ, अरुण दर्लामी, कृष्णशरण राना मगर, सुरेश खड्गी, बावुकाजी थापा, सचिदानन्द बनेपाली, रोहित मानन्धर, विलबहादुर तामाङ, टिकाराम जिमी, हरिकृष्ण प्रजापति, रमेश नेपाली, इन्द्र डंगोल, वीरेन्द्रसिंह कोदारी, सन्जिव महर्जन, कृष्णराज गिरी, कृष्णराम जाकी, प्रकाशबहादुर शाही र गणेश सुकुमनी छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]