3 years ago
July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आफ्नै कभर्डहल निर्माण अभियानमा रहेको घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई समाजसेवीद्धय फुनुरु शेर्पा र रमेश राईले आर्थिक सहयोग प्रदान गरेका छन् ।

हाल पोर्चुगलमा रहेका समाजसेवी तथा भलिबल प्रेमी शेर्पाले न्यू डायमन्डको कभर्डहल निर्माणको लागि ५५ हजार ५ सय ५५ रुपैयाँ तथा समाजसेवी तथा भलिबल प्रेमी नै हङकङमा रहेका रमेश राईले ५१ हजार १ सय ५१ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
समाजसेवी राईको तर्फबाट समाजसेवी जनक सुनार र बाल गायिका पुजा देवकोटाले उक्त रकम न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका अध्यक्ष तथा प्रशिक्षक कुमार राईलाई हस्तान्तरण गरे ।
रकम हस्तान्तरण गर्दै समाजसेवी सुनारले विगत ५ वर्षदेखि आफु समाज सेवामा रहेको र यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताए । राईले अहिले पनि नेपाली खेलाडीहरुलाई खेल सामग्री सहयोग गर्दै आइरहेका छन् ।

न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका अध्यक्ष राईले सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै क्लबको आफ्नै कभर्डहल निर्माणको लागि यो सुरुवात रहेको बताए । उनले यस्ता खालको सहयोगले कभर्डहल निर्माणमा उर्जा थपिने र अबको केही दिनमा नै कभर्डहल निर्माण कार्य अघि बढाइने बताए । कार्यक्रम दौरान क्लबका पदाधिकारी र खेलाडीहरुको उपस्थिति रहेको थियो ।
क्लबले गत मंसिरमै चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापमा दुई रोपनी ८ आना दुई पैसा जग्गा १० वर्षको लागि हल निर्माणको लागि जग्गा भाडामा लिइसकेको छ । सोही जग्गामा क्लबले १२ महिनै प्रशिक्षण गर्न मिल्ने भलिबल कोर्ट, जिम हल, क्यान्टिन, चेन्जिङ रुम, ट्वाइलेट, वाथ रुम र आवास निर्माण गर्ने तयारी छ ।
क्लबले २०६४ जेठ ५ गतेदेखि एकेडेमीकै धुले कोर्टमा नियमित प्रशिक्षण गर्दै आइरहेको छ । सोही कोर्टबाट उत्पादित खेलाडीले राष्ट्रिय टोलीको यात्रा तय गरिसकेका छन् । रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली, कृपा अधिकारी र सलिना श्रेष्ठ सोही एकेडेमीबाट उत्पादिन खेलाडी हुन् । हाल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकी प्रगति नाथ पनि सोही एकेडेमीकी हुन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]