default_image

3 years ago

August 1, 2022

मन्जिता र बलरामलाई पावर लिफ्टिङ उपाधि

167 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद)– निबोध एरोबिक एण्ड जिमकी मन्जिता राजभण्डारी र रोयल आइरन जिनका बलराम डुम्रेले रुपन्देही जिल्ला स्तरिय पावर लिफ्टिङ प्रतियोगिताको उपाधि जितेका छन् ।

रूपन्देही पावरलिफ्टिङ्ग संघको आयोजना तथा रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ र रूपन्देही जिल्ला व्यायाम तथा फिट्नेश व्यवसायी संघको सहकार्यमा शनिबार भएको प्रतियोगिताको उता महिलातर्फ ५७ केजी भन्दा कम वजन समुहकी विजेता समेत रहेकी मन्जिताले बलिष्ठ महिलाको उपाधि जितिन् । उनले स्क्वायटमा ९० केजी वेञ्च प्रेसमा ४६.५ केजी र डेड लिफ्टमा ९८ केजी गरि कुल २ सय ३४.५ केजी वजन उचालेकी थिइन् ।

प्रतियोगितामा पुरुष तर्फ ६५ केजी भन्दा कम वजन समुहका विजेता बलराम अलओभर च्याम्पियन बनेका थिए । उनले स्क्वायटमा १ सय ४० केजी वेञ्च प्रेसमा ९० केजी र डेड लिफ्टमा १ सय ७० केजी गरि कुल ४ सय केजी वजन उचालेका थिए ।
शुक्रबार भएको छनोट चरण पार गर्दै ३० खेलाडी फाइनल राउण्डमा प्रवेश गरेका थिए ।

दुवैतर्फका विजेताले मेडल, ट्रफी, व्यानेट प्राप्त गरे । वजन समूहका विजेताले प्रमाणपत्र र जनही ५ हजार प्राप्त गरे । प्रतियोगिताका निर्णय निर्णायकहरु बुद्धिजंग कार्की, शिवध्वज राई, राजकुमार श्रेष्ठ, ज्ञान नारायण महर्जन, प्रकाश केशीले गरेका थिए ।

ओलम्पियन तथा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल, रूपन्देही पावरलिफ्टिङ्ग संघको अध्यक्ष चन्द्रमान श्रेष्ठ, नेपाल पावर लिफ्टिङ्ग संघका महासचिव शुक्रराज प्याकुरेल, संस्थाका केन्द्रीय सदस्य उत्सव अधिकारी, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा न १३ का वार्ड अध्यक्ष नारायण पुनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.