3 years ago
August 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिंह र अमृत थापामगरसँगै अमिर ब्लोन र दीपक थापा चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार दोहोरो जित निकाल्दै अरहान्तले अन्तिम चारको यात्रा तय गरेको हो । प्रि–क्वाटरफाइनलमा आभान श्रेष्ठलाई ३–० को सोझो सेटमा हराएको अरहान्तले क्वाटरफाइनलमा गोपाल थापाको चुनौती ११–७, ११–५ र ११–९ ले सहजै पन्छायो ।
अमृतले दिव्य बज्राचार्यलाई ११–४, ११–५ र ११–९ को सोझो सेटमा हरायो । यस्तै अमिर ब्लोनले राजेन्द्र शाक्यलाई ९–११, ११–९ ११–५ र ११–५ को सेटमा हराउँदै सेमिफाइनलमा पुग्न सफल हुँदा दीपक थापाले उमित शाक्यलाई ११–३, ११–९ ५–११ र १२–१० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भयो । सेमिफाइनलमा अरहान्त र अमिर तथा अमृत र दीपकबीच प्रतिस्पर्धा हुनेछ ।
महिला एकलतर्फ विपना ब्लोनले भावना सुनुवारलाई ११–४, ११–३ र ११–४ को सोझो सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेकी छिन् । यो समूह ‘बी’ मा विपानाले दुई खेलमा सफलता हात पार्दा भावना सुनुवारले आफ्नो खेलमा सफलता हात पारेका छन् । अस्मिताले दुवै खेलमा हार बेहोरेको छ ।

समूह ‘ए’ मा कृष्णा थापाले स्वस्थानी श्रेष्ठले ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराइन् । कृष्णाले यसअघि सालिनी घिमिरेबाट वाकओभर पाएकी थिइन् । स्वस्थानीले सालिनी घिमिरेबाटै वाक पाएकी छिन् ।
जुनियर ब्वाइज ओपनमा विकास मगरले आभान श्रेष्ठ तथा पासाङ लामाले चेतन परियारलाई तथा गोपाल थापाले राकेश परियारलाई समान ३–० सोझो सेटमा तथा सलिमले रोहन नेपाललाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।
मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि सुदिप सिंह र प्रज्वल प्रधान सेमिफाइनलमा प्रवेश गरेका छन् । सुदिपले विदुर धमलालाई तथा प्रज्वलले मनोज बहादुर श्रेष्ठलाई समान ३–० को सोझो सेटमा पराजित गर्यो । धिर बहादुर पुनले लोकेन्द्र भण्डारीलाई पराजित गरेको छ ।
नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा सोमबारदेखि शुरु भएको प्रतियोगिता २१ साउनसम्म चल्नेछ । संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा भएको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाइज ओपन र प्लेट गरी ५ विधा समावेश गरिएको छ ।
पुरुष एकलको विजेताले शिल्डसँगै २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई जनाले समान १० हजार रुपैयाँ हात पार्नेछन् । महिला एकलको विजेताले शिल्डसँगै २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने दुई जनाले समान ५ हजार हात पार्नेछन् । ब्वाइजको विजेताले १० हजार प्राप्त गर्नेछन् ।
जुनियरलाई प्रोत्साहनको लागि हरेक खेल जितेबापत् थप ५ सय थपिने संघका अध्यक्ष महर्जनले जानकारी गराए । यस्तै जुनियरतर्फका उत्कृष्ट खेलाडीहरुलाई संघबाट विशेष तालिम प्रदान गरिनेछ । मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि र प्लेट च्याम्पियनसिपको विजेताले ट्रफी पाउनेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]