3 years ago
August 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश वावु श्रेष्ठले गत साता सम्पन्न ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेको छ ।

संघका अध्यक्ष श्रेष्ठले व्यक्तिगत रुपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता उमेश राईलाई १ लाख ५० हजार रुपैयाँले तथा फिटनेस फिजिक्सको प्रतिपस्र्धामा कास्य पदक विजेता राजु राईलाई जनही ७५ हजार रुपैयाँले सम्मानित गरेको हो ।
सोही अवसरमा नेपाल शारीरिक सुगठन तथ फिटनेस संघका प्रथम उपाध्यक्ष विजय लाल कायस्थले रजत पदक विजेता उमेशलाई २० हजार तथा कास्य विजेता राजुलाई १० हजार रुपैयाँले पुरस्कृत गरेका छन् ।
संघका उपाध्यक्ष दिनेश राजभण्डारीले खेलकुदको माध्यमबाट राष्ट्रको पहिचान बढाउने तथा देशको झण्डा विश्व सामु फहराउन सफल विजेता खेलाडीहरुलाई राष्ट्रले उचित कदर गर्नु पर्नेमा जोड दिए ।
सोही कार्यक्रममा विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स फेडेरेशनको साइन्स एण्ड रिसर्च कमिटिको अध्यक्षमा मनोनित भएका संघका अध्यक्ष श्रेष्ठलाई बर्धा ज्ञापन गरेको छ । अध्यक्षमा मनोनित भएसँगै संघले नेपालको शारीरिक सुगठन संघ एवं खेलको अझ उचाई बढेको महशुस गरेको छ ।
नेपालले ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्शिप प्रतियोगिता आागामी सन् २०२३ को सेप्टेम्बरमा काठमाडौमा आयोजना गर्दैछ । नेपाल एक न्यूट्रल भेन्यू भएकोले एशियाको हालसम्मकै आयोजना भन्दा बढी राष्ट्रको सहभागिता रहने संघले विश्वास लिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]