3 years ago
August 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक किङ्स क्लब काठमाडौंले बिहीबारदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

साउन १९ देखि २१ ग्तेसम्म हुने प्रतियोगिताको आयोजकले बुधबार खेल तालिका सार्वजनिक गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा नकआउटको आधारमा हुने प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा एक टोलीमा राष्ट्रिय टोली तथा विभागीय टोलीको सेटमा खेलिसकेका १२ जनामध्येबाट एक जना मात्रै सामवेश गर्न पाइनेछ । एक टोलीमा पाँच खेलाडी र एक प्रशिक्षक रहनेछ । प्रतियोगितामा सहभागिताको लागि ४ हजार रुपैयाँ दर्ता शुल्क राखिएको छ ।
विजेताले ५० हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ, कप मेडल र प्रमणपत्र हात पार्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले दुई हजार रुपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्ट सेटर, सर्भर, स्पाइकर, ब्लकर र प्रशिक्षकले जनही १ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्नेछन् ।
गोरखा जिल्ला गोरखा नगरपालिका १२ का स्थायी बासी भलिबल प्रेमी तथा भलिबल खेलाडीलाई अत्यन्तै माया गर्ने विनयको गत वर्षको २६ असोजमा घान्द्रुक घुम्न जाने क्रममा दुर्घटनामा परी निधन भएको थियो । उक्त दुर्घटनामा उनीसहित ८ जनाको मृत्यु भएको थियो । उनी सारांगे छहारी भलिबल प्रतियोगिताको सदस्य रहेका थिए ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]