3 years ago
August 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय मुवाँथाई संघ नेपालले आफ्ना बेलायत सम्पर्क मञ्चका अध्यक्ष सुरज कार्कीलाई बिहीबार सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको प्रशिक्षण हलमा संघका अध्यक्ष गणेशलाल कक्षपति र खेलाडीले खादा लगाएर कार्कीलाई सम्मान गरे ।
सम्मानित भएपछि पूर्व क्योकुसिन कराते खेलाडी एवं प्रशिक्षक कार्कीले भने– ‘सम्मान गर्नु भएकोमा धन्यवाद । तपाई (खेलाडी) हरु लगनशील भएर प्रशिक्षण गर्नुस । सफलता अवश्य मिल्ने छ ।
पदक जित्नका लागि मात्र होइन शारीरिक तन्दुरुस्ती र आत्मबल उच्च बनाउनका लागि पनि खेल महत्वपूर्ण पाटो हो ।’ अध्यक्ष कक्षपतिले कार्कीले मुवाँथाईका साथै क्योकुसिन कराते खेलको विकासमा विशेष योगदान रहेको बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]