3 years ago
August 10, 2022
काठमाडौ (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा निर्णायकको भुमिका निर्वाह गरेका सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्वदेश फर्किएका छन् ।

बुल्गेरियामा भएको क्याडेट तथा जुनियर विश्व प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका अशोक मंगलबार स्वदेश फर्किएका हुन् । प्रतियोगिता अन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म संचालन भएके थियो ।
यस्तै साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल भएको थियो । दुवै विधागरि अशोकले कुल ३३ खेलमा निर्णायकको भूमिका निर्वाह गरेका थिए । जुन प्रतियोगितामा एक सय भन्दा बढी राष्ट्रका चार हजार खेलाडीकाले भाग लिएका थिए । यस्तै प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि अशोक सहभागी थिए ।
बैशाख यता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको यो पाँचौं पटक हो । यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]