3 years ago
August 10, 2022
इटहरी (हाम्रो खेलकुद) – वाई पोन्टिङ र पशुपति स्कुल सुनसरीमा जारी अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको फाइनलमा प्रवेश गरेका छन् ।

इटहरी क्रिकेट एकेडमीको आयोजनामा बुधबार भएको पहिलो सेमिफाइनलमा पशुपतिले लिटिल पिस हेभनलाई १ विकेटले पराजित गर्दै फाइन्लमा स्थान पक्का गरेको हो ।
दोस्रो सेमिफाइनलमा वाई पोन्टिङले ग्रिन पिसलाई २६ रनले पराजित गर्दै फाइनलमा पुशपतिसँगको भेट पक्का गरेको छ ।
यसअघि बुधबार नै लिग चरणको खेलहरुमा वाई प्वाइटिङले मकालु, पशुपतिले एसओएस, लर्ड बुद्धले सुनसरी कृष्टल, स्केयर हर्टले माउन्ट मकालु र एसओएसले लर्ड बुद्धलाई पराजित गरेको थियो । सोमवार देखी जारी प्रतियोगिताको फाइनल बिहीवार हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने तथा उत्कृष्ट ३५ खेलाडीहरुले इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण पाउने छन्।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]