default_image

3 years ago

August 13, 2022

बिष्णुलाई संयोजकको जिम्मेवारी

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुल कन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव बिष्णुकान्त अर्याललाई महासंघको निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

एलोपगोडामा आयोजना भएको साधारण एवं विधान संसोधन सभाले अर्याललाई एक महिना भित्र विधान पास गर्दै महासंघ बाहिर रहेका अन्य संघहरुलाई समेत समेट्दै महासंघको निर्वाचन गर्दै कार्यसमिति गठन गर्नका लागि जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै सभाले निवर्तमान महासंघको समितिलाई हाललाई कामचलाउ समितिको रुपमा पनि जिम्मेवारी प्रदान गरेको छ । यस अघि सभाका सभाध्यक्ष एवं महासंघका अध्यक्ष दमन बस्नेतद्वारा आजैका मिति देखि लागु हुने गरि गरेको महासंघ विगठनको प्रस्तावलाई पनि सभाले अनुमोदन गरेको थियो ।

सभाले महासंघका महासचिवद्वारा प्रस्तुत प्रतिवेदनका साथै नेपालको खेलकुद विकास ऐनले निर्दिष्ट गरे अनुपको महासंघलाई चलायमान गराउनका लागि विधानमा गर्नु पर्ने विभिन्न धारा, उपधाराको संसोधन प्रस्तावलाई पनि एकमतका साथ पास गरेको छ ।

यस्तै कोषाध्यक्ष पदमराज सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई समेत सभाले एकमतका साथ अनुमोदन गरेको थियो । कार्यक्रमको पूर्व संविधान सभा सभामुख सुभाष नेम्वाङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.