3 years ago
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेशले शारिरीक सुगठनका प्रशिक्षहरुलाई दिक्षित गरेको छ ।

सोमबार एक कार्यक्रमबीच प्रशिक्षणबाट दिक्षित प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले प्रमाण पत्र प्रदान गरे ।
ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षणबाट दिक्षित भएका विभिन्न जिल्लाका २८ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
९ दिन सम्म संचालन भएको प्रशिक्षणमा सहभागि दिक्षितहरुलाई पूर्व नेपाल च्याम्पियन एवं नेपालमा शारिरीक सुगठनका ज्ञाताका रुपमा परिचित, कार्यक्रम संयोजक शिवलाल श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्र रत्न तुलाधर, विज्ञहरु संजय महर्जन, दिवाकर लाल अमात्य, डा. ज्ञानेन्द्र शाह र सुकदेव कार्की लगायते प्रशिक्षण प्रदान गरेका थिए ।
महासचिव निलेन्द्र राज श्रेष्ठले प्रशिक्षकहरुले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरुले उपयुक्त ज्ञान प्राप्त गर्न सहज हुनुका साथै प्रशिक्षणका दौरान आईपर्ने दुर्घटनाबाट बच्न र बचाउन निकैनै ठुलो योगदान पुग्नेमा आफु बिश्वस्त रहेको बताए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]