default_image

3 years ago

August 20, 2022

फिजियोबीच फुटसल प्रतियोगिता हुने

405 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिजियोथेरापिस्टहरुको छाता संगठन नेपाल फिजियोथेरापी संघ (नेप्टा) को आयोजनामा फिजियोबीच फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगितामा सहभागी टोलीमध्ये एक लियोपार्ड फिजियोले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विश्व फिजियोथेरापी दिवसको अवसरमा एक दिने प्रतियोगिता भदौ १८ गते हुने जानकारी गराएको हो ।

विश्वभर सेप्टेम्वर ८ तारिखलाई विश्व फिजियोथेराफी दिवसको रुपमा मनाउँदै आइरहेको छ । ढुकु फुटसल हवमा हुने प्रतियोगितामा मोफसलका दुईसहित ८ टोलीको सहभागिता रहने लियोपार्डका टिम मालिक तथा अर्थाेप्लास्ट रिह्याव सेन्टरका कार्यकारी निर्देशक समिद कतिला श्रेष्ठले जानकारी गराए ।

सहभागी टोलीलाई दुई समूहमा विभाजना गरी लिगका आधारमा प्रतिस्पर्धा गराइनेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । आयोजक नेप्टाले अघिल्लो दुई वर्ष कोभिडका कारण प्रतियोगिता हुन नसकेको र यसपालीदेखि यो प्रतियोगिता नियमित हुने बताएको छ ।

प्रतियोगितामा दाजुभाई एफसी, नेप्टा बागमती (चितवन), नाडा रिह्याव सेन्टर, लियोपार्ड फिजियो, धुलिखेल अस्पताल, एफसी रिभाईभ, एन्टागोनिस्ट एफसी र फास्ट ट्वीचको सहभागिता रहेको छ ।

यस्तो प्रतियोगिताले फिजियोथेरापिष्टहरुलाई व्यायम हुने तथा मानसिक रुपमा स्फुर्ति दिनुका साथै फिजियोहरुलाई एकै ठाउ भेटघाट गराउने माहोल समेत बनाउँने लक्ष्य लिएको छ ।

कार्यक्रमकै अवसरमा लियोपार्ड फिजियोको जर्सी समेत सार्वजनिक गरिएको छ । लियोपार्ड फिजियोको जर्सी राष्ट्रिय टोलीका पुर्व कप्तान विराज महर्जन, नियो हेल्थ क्लिनिकका सुर्य कुँवरलगायतले सार्वजनिक गरे ।

उक्त दौरान लियोपार्डका टिम मालिक सुरज भुषाल, लियोपार्ड फिजियो र दाजभाई एफसीका खेलाडीहरुको उपस्थिति रहेको थियो । पुर्व कप्तान विराज महर्जनले जुनसुकै खेलको लागि फिजियोको आवश्यकता रहने र उनीहरु पनि स्वस्थ रहन आवश्यक रहेको र आउने दिनमा अझै राम्रो गर्दै जान शुभकामना दिए ।

प्रतियोगिताको विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार रुपैयाँ हात पार्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.